ताप्लेजुङको मैवाखोलामा सवैमा वडामा पुग्यो बिजुली

वेलकम खबर
फाल्गुन २५, २०८०

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका सबै वडामा केन्द्रीय प्रसारण लाइनको विद्युत जडान गरिएकोछ । पालिकाको बाकी रहेको वडा ५ र ६ फाकुम्बामा बुधबार विद्युत परीक्षणको काम सफल भएकाले गाउँपालिकाको ६ वटै वडामा केन्द्रीय प्रसारण लाइन जडान भएको हो ।

केही वडामा भने पहिले नै केन्द्रीय प्रसारण लाइनको विद्युत पुगेको थियो । वर्तमान गाउँपालिकाका पदाधिकारी निर्वाचित भए पश्चात बाँकी सबै वडामा विद्युतीकरण गर्ने गरी पहल सुरु गरिएको र केन्द्रीय प्रसारण लाइन विस्तार गर्ने काम सम्पन्न भएको छ । कामलाई तीव्रता दिएसँगै गाउपालिकाभर नै विद्युत जडान भइसकेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो ।
आफ्नो नेतृत्वमा सिङ्गो गाउँपालिकाले सुरु गरेको योजना बल्ल सफल भएको उहाले दाबी गर्नुभयो । अब केन्द्रीय प्रसारण लाइन जडान भएसँगै मैवाखोला गाउँपालिकाको वडा १ र २ ढुङ्गेसाँघु, वडा ३ र ४ साँघु र वडा ५ र ६ फाकुम्बाका उपभोक्ताले बिजुली बत्ती बाल्नका लागि सहज भएकोछ।

गाउँपालिकाको भैगोलिक कठिनाइका कारण केही दुर्गम बस्तीमा भने केन्द्रीय प्रसारण लाइन बिस्तार नभएकोले यसै आ।ब मा सबै टोल र बस्तीमा केन्द्रीय प्रसारण लाइन पुग्ने गाउँपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*