योगेश भट्टराईले संसदमा गराए ताप्लेजुङका दजनौ योजनाका बारेमा प्रधानमन्त्रीका ध्यानाकर्षण (भिडियो सहित)
काठमाडौ । प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङका दजनौ योजनाहरुका बारेमा संसद मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन ।
विहिवार संसदको सुन्य समयमा बोल्दै भट्टराईले तमोर करिडोर अन्तगर्त लिम्बुनी पुल ५ बर्ष अघि ठेक्का भएपनि हाल सम्म ५ प्रतिशत पनि काम नभएको बताए । त्यस्तै बहानन्दे दोभान सडक कालोपत्रे गर्ने काम निरन्तरता भएपनि बजेट अभावमा निर्माणका काम अन्यौल भएको बताउदै तत्काल बजेट ब्यवस्था गर्न आग्रह गरे । उनले भने सुकेटार काफ्ले पार्टीसम्मको ठेक्का ५ बर्ष अघि ठेक्का लागेपनि हाल काम ठप्प भएको जानकारी गराउदै तत्काल कालोपत्रे गर्न काम अघि बढाउन आग्रह गर्नु भएको हो ।
उनले दजनौ ताप्लेजुङका पूलहरु निर्माण गर्नु पर्ने भएपनि बजेटको अभावमा अलपत्र परेका बताउदै बजेटको ब्यवस्था गरिदिन प्रधानमन्त्रीसँग आग्रह गर्नु भएको छ । त्यस्तै काबेली करिडोर समेत बजेटको अभावमा अलपत्र परेको समेत बताए ।
उहाँले ओलाङचुङगोला टिप्ताला नाका कोभिड पछि पनि नखुलेका बताउदै तत्काल खुलाउन पहल गरिदिन आग्रह गरेका छन ।



















