देउवाले शेखर र गगनलाई साथमा राखेर गरे मधेसवादी दलसँग बार्ता

वेलकम खबर
फाल्गुन २३, २०८०

काठमाडौं । माओवादी केन्द्र बाहेकको छुट्टै गठबन्धन बनाउन दौडधुप गरिरहेका नेपाली कांग्रेसको शीर्ष नेतृत्व र मधेसवादी दलका नेताहरूबीच सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा वार्ता जारी छ ।
सोमबार नेकपा एमालेको नेतृत्वमा नेकपा माओवादी केन्द्रसहित नयाँ गठबन्धन बनेपछि सत्ता विमुख बनेको कांग्रेसले साना दलहरूलाई आफ्नो पक्षमा तान्ने कोशिस थालेको छ । अहिले बूढानीलकण्ठमा कांग्रेस सभापति शेरबहादुर देउवाले नेता डा। शेखर कोइराला, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापालाई समेत साथमा राखेर मधेसवादी दलहरूसँग छलफल गरिरहेका छन् । वार्तामा कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि छन् ।
वार्तामा लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा। सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी सहभागी छन् । सभापति देउवाले आज ९बुधबार० बिहान नेकपा एकीकृत समाजवादीका अध्यध माधवकुमार नेपालसँग कोटेश्वर पुगेर वार्ता गरेका थिए । नयाँ गठबन्धनले पूर्णता नपाउँदै कांग्रेसले साना दललाई आफ्नो पक्षमा पार्ने कोशिस शुरु गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*