माधव नेपाललाई फकाउन कोटेश्वर पुगे प्रचण्ड र ओली
काठमाडौं : प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता जारी छ। बालुवाटारमा चार दलको बैठकपश्चात कोटेश्वरमा ओली, प्रचण्ड र नेपालबीच भेटवार्ता गरेका हुन्।
उनीहरुको साथ विष्णु पौडेलसमेत रहेका छन्।सोमबार साँझ पनि प्रचण्ड माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवम् निवर्तमान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ लिएर नेपालसँग नयाँ गठबन्धनबारे छलफल गर्न पुगेका थिए। एमालेले ग्रिन सिंगल दिएपछि गठबन्धनमा सामेल गर्ने प्रस्ताव लिएर प्रचण्ड नेपाललाई भेट्न पुगेका थिए। भेटमा नयाँ गठबन्धन बनाउँदा आफूलाई सामेल नगरेको भन्दै नेपालले प्रचण्डसँग असन्तुष्ट व्यक्त गरेका हुन्।



















