पाथीभराको लागि २५ केभीएको ट्रान्सफर्मर निशुल्क दिए
ताप्लेजुङ । पाथीभरामा मन्दिरमा विद्युत्त आपूर्ति सहज बनाउने उद्देश्यले २५ केभीएको ट्रान्सफर्मर पुर्याईएको छ । विर्तामोड झापाका व्यवसायी राजु ढकालले निशुल्क रुपमा सहयोग स्वरुप (दान) प्रदान गरेको ट्रान्सफर्मर सोमबार मन्दिर क्षेत्रमा पुर्याईएको हो ।
मन्दिर क्षेत्रमा विद्युत्तको सेवा तथा खानेपानी सहज बनाउनका लागि ट्रान्सफर्मर पाथीभरा मन्दिरमा पुर्याइएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्वाङले जानकारी दिएका छन ।
लिफ्टिङ मार्फत मन्दिर क्षेत्रमा पानी वितरणको कार्यलाई सहज बनाउन मद्दत पुग्ने कार्यकारी निर्देशक हाङ्वाङले बताए । पाथीभरा मन्दिरमा सहयोग स्वरुपम प्रदान गर्ने ब्यवसायी ढकाल प्रति पाथीभरा क्षेत्र विकास समितिले आभार ब्यक्त गरेका समेत निर्देशक हाङ्वाङले बताए ।



















