चार दलबीच आठबुँदे सहमति : राष्ट्रिय सभा अध्यक्ष माओवादी, उपाध्यक्ष एमालेलाई

वेलकम खबर
फाल्गुन २१, २०८०

काठमाडौ । नयाँ सत्तागठबन्धनका चार दलबीच आठ बुँदे सहमति भएको छ।
सोमबार साँझ चार दलका नेताले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका शिर्ष नेताले हस्ताक्षर गरेको सहमति पत्रमा चारै दलको सहभागितामा नयाँ सरकार गठन गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहने उल्लेख छ। यस्तै राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने सहमति भएको छ।
दलहरूले मन्त्रिमण्डल आपसी सहमतिका आधारमा बिस्तार गर्ने जनाएका छन्।
यसैगरी संक्रमणकालीन न्याय, शान्ति प्रक्रिया सहमतिका आधारमा टुंग्याउने, संघीयता कार्यान्वयनसम्बन्धी कानुनहरू निर्माण गर्ने तथा सरकारमा सहभागी दलहरूबीच साझा न्यूनतम कार्यक्रम तय गर्ने उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*