नयाँ गठबन्धनको बैठक सकियो
काठमाडौं-बालुवाटारमा आज बसेको नयाँ सत्ता गठबन्धनको दोस्रो बैठक सकिएको छ।नेताहरू शपथग्रहण समारोहका लागि शीतलनिवासतिर लागेका छन्।
दलीय भागबन्डालाई प्याकेजमा टुंग्याएर लिखित सहमति गर्ने भन्दै बैठक बसेको थियो । तर, लिखित सहमति हस्ताक्षर हुन बाँकी एक स्रोतले जनाएको छ।बालुवाटार छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो। त्यस्तै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन मगर, जसपाका राजेन्द्र श्रेष्ठ र रास्वपाका स्वर्णिम वाग्ले पनि सहभागी हुनु भएको थियो ।
सीट तथा मन्त्रालय बाँडफाँटलगायत आन्तरिक व्यवस्थापन मिलाउन ४ सदस्यीय कार्यदल बनिसकेको छ। कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव रहेका छन् ।