प्रदेश सरकारको नेतृत्व पनि आलोपालो गर्ने नयाँ गठबन्धनमा सहमति

वेलकम खबर
फाल्गुन २१, २०८०

काठमाडौ । सोमबार बनेको एमालेसहितको नयाँ गठबन्धनले सातै प्रदेशमा नयाँ नेतृत्व बनाउने भएको छ।

सातै प्रदेशमा आलोपालोको आधारमा प्रदेश सरकार चलाउने सहमति भएको नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए।
‘प्रदेशका मुख्यमन्त्रीहरू पनि आलोपालोको आधारमा हामी अघि बढाउँछौँ। त्यसैका लागि अहिले बैठक बसिरहेको छ,’ उनले भने। अहिले चार प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*