प्रधानमन्त्री प्रचण्डले सबै मन्त्री फिर्ता बोलाउँदै,चार जनाले लिँदैछन् आज शपथ

वेलकम खबर
फाल्गुन २१, २०८०

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्री फिर्ता बोलाउने भएका छन्।

मन्त्रीहरू फिर्ता बोलाउने विषयमा छलफल गर्न अहिले माओवादीको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले अहिले सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने जानकारी गराएका छन्।  सरकारमा कांग्रेसका माओवादी केन्द्रका ४ जना मन्त्री छन्। आज एमालेबाट प्रमुख सचेतक पदम गिरीको सरकारमा जाने टुंगो लागिसकेको छ। माओवादी केन्द्र, रास्वपा र जसपाबाट एक एक जना मन्त्री जाने तय भए पनि को जाने भन्नेबारेमा टुंगो लागिसकेको छैन।
यद्यपि बालुवाटार स्रोतले दिएको जानकारी अनुसार जसपाबाट अध्यक्ष उपेन्द्र यादव र रास्वपाबाट सभापति रवि लामिछाने आफैं सरकारमा जाने तयारी गरेका छन्। माओवादी केन्द्रबाट भने उपमहासचिव वर्षमान पुन सरकारमा सहभागी हुने संभावना उच्च रहेको स्रोतको दाबी छ।

यद्यपी कसलाई सरकारमा पठाउने भन्नेबारे अझै छलफलकै चरणमा रहेको माओवादीका एक पदाधिकारीले बताए। प्रचण्ड नेतृत्वको यो सरकारलाई कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चाको समर्थन रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*