एमाले,माओवादी र रास्वपाको सचिवालय बैठक जारी

वेलकम खबर
फाल्गुन २१, २०८०

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक जारी छ । बिहान ७ बजेदेखि अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक बसिरहेको हो ।

राति आकस्मिक रूपमा बिहान सचिवालय बैठक आह्वान गरिएको हुँदा सत्ता गठबन्धनका बारेमा शीर्ष नेताहरूबीच भएका छलफल र सहमतिका विषयमा सचिवालय सदस्यहरूलाई जानकारी दिने गरी सचिवालय बैठक बोलाइएको हो ।

बैठकमा टीआरसी विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बसिरहेको छ । समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न माओवादीले सचिवालय बैठक बोलाएको हो ।बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले शीर्ष नेताहरुबीच भइरहेको छलफलको विषयमा नेताहरुलाई जानकारी गराउने छन् ।उता रास्वपाको सचिवालय बैठक पनि बसिरहेका छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*