ताप्लेजुङको आठराई त्रिवेणीका मावि र वडा जडान गरियो सिसि क्यामरा
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले पालिका भित्र रहेका वडा र माध्यमिक विद्यालयमा सिसी क्यामरा जडान गरेका छ ।
आठराई त्रिवेणी गाउँपालिका भित्र रहेका वडा र विद्यालयमा गलत कार्यको निगरानी, शान्ति सुरक्षामा सहयोग, शिक्षा क्षेत्रलाई अनुशासित, मर्यादित तथा शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने उद्देश्यले पालिका भित्र रहेका सवै वडा र ७ वटा माध्यमिक विद्यालयमा सिसिटिभी जडान गरिएको पालिका अध्यक्ष दिपेन पोमुले जानकारी दिनुभयो ।
सिसिटिभीका कारण विद्यालयका पठन पाठन सहज हुने समेत पालिकाका विश्वास गरेका छ । सिसि क्यामराबाट शिक्षक कक्षा ,विद्यालय प्राङ्गण देख्ने गरी एउटा विद्यालयमा ४ वटा क्यामरा जडान गरिएको पालिकाले जनाएको छ ।
शैक्षिक क्षेत्रको सुधारको लागि आठराई त्रिवेणी भित्र रहेका ३३ बटै विद्यालयमा ई -हाजिरी शुरु गरेको समेत अध्यक्ष पोमुले जानकारी दिनुभयो ।



















