विश्वविख्यात आँखा विशेषज्ञ डा रुईतले दिए आँखाको ज्योति
ताप्लेजुङ । आँखा विशेषज्ञ सन्दुक रुइतको नेतृत्वमा ताप्लेजुङका १ सय ५४ जना मोतियाबिन्दुका बिरामीको आँखाको शल्यक्रिया सम्पन्न भएको छ । आँखा विशेषज्ञ सन्दुक रुइत सहित तिलगंगा आँखा अस्पतालका विशेषज्ञको टोलीले दोस्रो दिन १०२ जना र अन्तिम दिन ५२ जनाको शल्यक्रिया गरेको हो ।
ताप्लेजुङमा दुवै आँखाको ज्योति गुमेका तथा एउटा ज्योति गुमेको मोतियाबिन्दुका बिरामीलाई फुङलिङमा नै आँखाको गुमेको ज्योति पुन फिर्ता ल्याउन सहयोग पुगेको आँखाका बिरामी बताउँछन् । फागुन १३ गते मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघु र १४ गते मिक्वाखोला खोक्लिङमा गरिएको आँखाको मोतियाबिन्दुको परिक्षण गरिएको थियो ।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङले फुङलिङ नगरपालिका र सेवा फाउन्डेसनसँग सहकार्यमा तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन गरेको हो ।
बुधबारबाट सुरु भएको शिविरको पहिलो दिन ६ सय ८३ जना र दोस्रो दिन बिहीबार ४ सय ३४ जना अन्तिम दिन १ सय ९० जना गरी कुल १ हजार ३ सय २७ जनाले नाम दर्ता गराए पनि ४६ जना नआएको क्लिनिक इन्चार्ज गुरुङले बताउनुभयो । डाक्टर रुइत ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका ७ ओलाङचुङगोलामा जन्मिएका हुन् ।



















