नेपालकै ठूलो ताप्लेजुङ वनभोजको तयारी पुरा (भिडियो सहित)
काठमाडौ । आउदो शनिवार फागुन १९ गते हुने ताप्लेजुङ वनभोजको तयारी पुरा भएको छ । नेपालकै ठूलो बनभोजको रुपमा परिचित ताप्लेजुङ बनभोजको तयारी पुरा भएको आयोजकले जनाएको छ । फागुन १९ गते शनिवार भक्तपुरको मन्थली चौर गुण्डुमा हुने बृहत्त बनभोजको तयारी पुरा भएको हो ।
सरोकार केन्द्रले बनभोजका लागि उपाध्यक्ष बलबहादुर तामाङको संयोजकत्वमा ताप्लेजुङ बनभोज आयोजक समिति निर्माण गरेका जनाएका छ भने उक्त समितिले विभिन्न १० बटा उपसमिति निर्माण गरेका काम गरेको जनाएको छ ।
ताप्लेजुङमा जन्मिएर विभिन्न सिलसिलामा काठमाडौंमा बस्दै आएकाहरूलाई एक ठाउँमा भेला गर्ने र एक दिन भए पनि दुःख, सुख साटासाट गर्ने उदेश्यले सरोकार केन्द्रले हरेक वर्ष वनभोजको आयोजना गर्दै आएको छ ।
यसपटक पनि अघिल्लो वर्ष आयोजना गरेकै स्थान भक्तपुरको मन्थली चौर, गुण्डुमा वनभोज कार्यक्रमको आयोजना गरिएको र तीन हजार बढीको सहभागिता रहने अपेक्षा गरिएको आयोजक संस्था सरोकार केन्द्रका अध्यक्ष टंक श्रेष्ठले जानकारी दिएका छन ।
बनभोजको तयारीका सन्भर्भमा आयोजित पत्रकार सम्मेलनमा यसपटक ३ हजार मानिसको उपस्थिति हुने आयोजकले जनाएको छ ।


























