कांग्रेसको निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

वेलकम खबर
फाल्गुन १६, २०८०

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धनका सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महासमिति बैठकले गरेको निर्णयलाई लिएर तनावमा परेका छन् ।

माओवादीको केन्द्रको स्थायी कमिटी बैठक निरन्तर चलिरहेको छ । मंगलबारसमेत पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको थियो । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार अगामी निर्वाचनमा गठबन्धन नगर्ने निष्कर्ष निकालेको सत्तारूढ दल कांग्रेसले आफ्नो महासमिति बैठकमा माओवादीको सशस्त्र जनयुद्ध’bout नकारात्मक टिप्पणीसहितको दस्तावेज पारित गरेपछि अब के गर्ने भन्ने’ दाहाललाई अहिले नै गाह्रो परेको छ ।

‘कांग्रेस महासमिति बैठकमा आगामी निर्वाचनमा गठबन्धन नगर्ने र माओवादीको सशस्त्र जनयुद्ध’ नकारात्मक टिप्पणीसहितको दस्तावेज पारित भएको छ । सोही विषयलाई लिएर अध्यक्ष कमरेड चिन्तित हुनुहुन्छ । सत्तारूढ गठबन्धन त अहिले नै टुट्दैन तर आगामी निर्वाचनलाई लिएर उहाँ चिन्तित हुनुहुन्छ,’ ती नेताले भने ।

पार्टी अध्यक्ष दाहाल अहिले नै गठबन्धन फुट्नेगरी अगाडि बढ्न नसक्ने पनि उनले बताए । ‘आगामी दिनको राजनीति’उहाँ अहिलेदेखि नै चिन्तत बनिरहनुभएको छ, त्यसैले अहिलेदेखि नै छलफल चलाइहरनु भएको छ,’ उनले भने ।हालै प्रधानमन्त्री दाहालले कांग्रेसबाट माओवादीलाई पटकपटक धोका भएको स्मरण गरेका थिए । पार्टीको विधान सम्मेलनमै उनले कांग्रेसबाट धोका पाएको बताएका थिए । सोही कारण कांग्रेससँगको आगामी सहकार्य’पनि माओवादीभित्र छलफल भइरहेको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा वर्तमान राष्ट्रिय परिस्थिति’छलफल भएको बताए । त्यस्तै भर्खरै सम्पन्न कांग्रेसको महासमिति बैठकमा भएको छलफल र पारित गरेका विषय’ पनि छलफल भएको बताउँदै उनले भने, ‘अध्यक्षले खासै कुरा राख्नुभएन । अब उहाँले बुधबार आफ्ना कुराहरू राख्नुहुन्छ होला ।’

सापकोटाले बैठकमा राष्ट्रियसभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने माग उठेको बताए । स्थायी कमिटीको बैठकमा धारणा राख्ने अधिकांश सदस्यले राष्ट्रिय सभा अध्यक्षको पदमा पार्टीको तर्फबाट अध्यक्ष दाहालले अडान राख्नुपर्ने सुझाव आएको उनले बताए ।

बैठकमा पार्टी नेताहरुको कार्यविभाजन, अभियान सञ्चालन, पार्टीको आगामी योजना’लगायतका विषय छलफल भइरहेको उनले बताए । बैठकमा पूर्वनिर्धारित एजेन्डाअनुसार टंगोे लगाउने भनिए पनि भजन शिरोमणि भक्तराज आचार्यको श्रद्धाञ्जलि सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दाहाल जानुपर्ने भएकाले बैठक छोट्याइएको सापकोटाले बताए ।

हालै विधान अधिवेशन सम्पन्न गरेको माओवादी केन्द्रले पार्टीका शीर्ष नेताको कार्यविभाजन तथा जनपरिचालनलगायत विषयमा छलफल गरिरहेको छ । नेताहरूको जिम्मेवारी हेरफेर गर्दै अभियान सञ्चालन गर्ने तयारीमा माओवादी केन्द्र रहेको छ ।तराई–मधेस अभियान, उत्तर–दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादीले त्यसका लागि आवश्यक तयारी गरिरहेको प्रवक्ता सापकोटाले बताए ।

पहिलो चरणको अभियानअन्तर्गत १ चैतदेखि १५ चैतसम्म तराई मधेस जागरण अभियान सञ्चालन हुने र दोस्रो चरणमा हिमाल, पहाड र तराइ राष्ट्रिय एकता अभियान १ वैशाखदेखि १५ बैशाखसम्म सञ्चालन हुनेछ ।यसअघिको विशेष रूपान्तरण अभियान, संगठन सुदृढीकरण र पार्टी रूपान्तरणका लागि कार्यकर्तामा केन्द्रित रहे पनि आगामी अभियान जनतामा केन्द्रित रहने माओवादी केन्द्रका सचिव गणेश शाहले जनाएका छन् ।

बैठकमा जनप्रतिनिधिले स्थानीय पालिका, प्रदेश सांसदले प्रदेश तथा संघीय सांसद सभा तथा ऐनकानुन निर्माणमा बढी केन्द्रित हुनेगरी कार्यविभाजन गर्ने विषयमा सहमती नजिक पुगेको सचिव देवेन्द्र पौडेलले जनाएका छन् ।

बैठकमा कोसी प्रदेशको इन्चार्जमा हरिबोल गजुरेल, मधेस प्रदेशमा लीलामणि पोखरेल, बाग्मतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालिबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेलको नाम प्रस्तावित गरिएको छ ।

यसैगरी विशेष प्रदेशमा हितमान शाक्य, सम्पर्क समन्वय कमिटीमा देव गुरुङ, प्रवासअन्तर्गत मध्यपूर्व ब्युरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीको नाम प्रस्तावित गरिएको छ । यो प्रस्तावमा छलफल गर्दै केही हेरफेर गरेर पारित हुने बताइएको छ ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*