विद्यालय शिक्षा सिकाई सुधारको लागि एलईडी टिभी वितरण

वेलकम खबर
फाल्गुन १५, २०८०

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं १ ले वडाभित्र सञ्चालित बालविकास केन्द्रलाई एलइडी टिभी वितरण गरेको छ ।
आज वडा कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा वडाध्यक्ष चन्द्र तामाङले विद्यालयका प्रधानाध्यापकहरुलाई ३२ इन्चको एलइडी टिभी प्रदान गर्नुभएको हो ।
वडामा सञ्चालित ६ वटा विद्यालयका बालबिकास केन्द्रलाई श्रव्यदृश्यको माध्यमबाट बालबालिकाको सिकाइमा सहयोग पुग्ने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको वडाध्यक्ष तामाङले बताउनुभयो ।
जनकल्याण मावि, सिंह प्रावि, पार्टी प्रावि, सरस्वती प्राविलगायत विद्यालयका बालविकास केन्द्रलाई चालु आर्थिक वर्ष २०८०÷०८१ को वडास्तरीय स्वीकृत कार्यक्रम अनुसार टिभी वितरण गरिएको हो ।-nepaliporta

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*