ताप्लेजुङको सिरिजङ्गामा ढुङ्गा लाग्दा एक जना ठहरै

वेलकम खबर
फाल्गुन ११, २०८०

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघामा बाटो निर्माणको क्रममा माथिवाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एक पुरुषको ज्यान गएको छ ।

सिरिजङ्गा गाउँपालिका २ आम्बेगुदिनका स्थानीय अन्दाजी ५६ वर्षीय कर्णबहादुर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिएका छन ।

स्थानीय शिक्षक तेजबहादुर भट्टराईले शुक्रबार ११ बजेतिर उक्त घटना भएको जानकारी दिएका हुन । । घटनास्थल सुरक्षाका लागि आम्बेगुदिनको खाम्दिनेस्थित प्रहरी चौकीबाट प्रहरी टोली खटिएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*