सर्वपक्षीय सहमति बिना केवलकार निर्माण अघि नबढाउन सम्बन्धि पक्षलाई नेकपाको आग्रह

वेलकम खबर
फाल्गुन ११, २०८०

ताप्लेजुङ । (नेपाल कम्युनिष्ट पार्टीले)नेकपा सर्वपक्षिय सहमति नभए सम्म पाथीभरा क्षेत्रमा केवलकार निर्माणको काम अघि नबढाउन आग्रह गरेकोछ । जिल्ला इन्चार्ज नरपति सी र सेक्रेटरी अभिषेक सीद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएकोछ ।
विवादित अवस्थामा केवलकार निर्माणको काम कम्पनीले अघि बढाइरहेकोले सरोकारवाला,जनता र निर्माण कम्पनीबीच भौतिक रुपमा मुठभेड समेत हुने अवस्था सिर्जना भएको विज्ञप्तिमा भनिएको छ ।
पाथिभारा (मुक्कुम्लुङ) मा पाथीभरा देवी दर्शन केबलकार प्रालीले नेपाल सरकारबाट निर्माण अनुमति पाएदृखि नै स्थानीय सरोकारवाला ,जनसमुदाय र केबलकार निर्माण प्रा.लि बीचमा विवाद रहँदै आएको र सर्वपक्ष सहमतिको लागि विभिन्न निकायबाट पहल भएपनि विवाद कायमै रहेको हुदा सर्वपक्षीय सहमति बिना केवलकार निर्माण अघि नबढाउनका लागि नेकपाले पार्टीको धारण विज्ञप्ति मार्फत सार्वजनिक गरेको हो ।
केवलकार निर्माण कम्पनीले जग्गा धनीहरूबाट आयोजना प्रयोजनको लागि जग्गा खरिद गर्दा माफिया शैलीमा अस्वभाविक जग्गाको मूल्याङ्कन गरेको पनि आरोप लगाउँदै नेकपाले केवलकार खारेजीको माग गरेको छ ।

सर्वपक्षीय सहमतिबाट केवलकार निर्माण हुने वातावरण बनेपछि पनि स्थानीय स्रोत र सम्पदाको संरक्षण प्रवर्धन र प्रभाव पार्ने विकास निर्माणमा प्रतिनिधित्व, अपनत्व, सहभागिता र उक्त आयोजनाबाट लाभान्वित हुने पहिलो अग्राधिकार स्थानीय जनतामा निहित भएको हुँदा उक्त आयोजनाको ५१ प्रतिशत सेयर स्थानीय जनतालाई अनिवार्य सुनिश्चित गरिनुपर्ने माग रहेको छ ।

हाम्रो पार्टीले उठाएको विषयलाई वेवास्ता गरी निर्माण्को काम अघि बढाएमा हुन आउने आर्थिक भौतिक तथा मानवीय क्षतिप्रति केवलकार निर्माण कम्पनी स्वयं जिम्मेवार रहनुपर्ने विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*