ताप्लेजुङमा सन्दुक रुईतको उपस्थितिमा आँखा शिविर हुदै

मदन गौतम
फाल्गुन १०, २०८०

ताप्लेजुङ । डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुताप्लेजुङले विश्व प्रख्यात नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतको उपस्थितिमा  नि: शुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । आँउदा फागुन १६ गतेदेखि १८ गते सम्म ३ दिन निशुल्क आँखा शिविर सञ्चालन हुन लागेको हो ।

निशुल्क आँखा शिविर सञ्चालन गर्नका लागि तिलगंगा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोग र नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ, तिलगंगा आँखा अस्पताल काठमाडौँ, सेवा फाउण्डेशन काठमाडौँ तथा फुङलिङ नगरपालिकाको संयुक्त पहलमा आयोजना गरिएको क्लिनिक इन्चार्ज गुरुङले बजाउनु भयो । मोतियाबिन्दूका बिरामीहरूको निशुल्क शल्यक्रिया समेत गरिने भएकोछ । परीक्षणका क्रममा ४० वर्षभन्दा माथि उमेर समुहको सेवाग्राहीलाई आवश्यक परेमा चश्मा र औषधी समेत निशुल्क उपलब्ध गराइने केन्द्रले जनाएको छ । ताप्लेजुङको दुईओटा स्थानीय तहमा मोतियाबिन्दुका बिरामीको छनौटका लगि शिविर सञ्चालन गरिने बताईएकोछ ।
मैवाखोला १ ढुङ्गेसाँघुमा फागुन १३ गते र मिक्वाखोला गाउँपालिकाको २ खोक्लिङमा फागुन १४ गते छनौट शिविर सञ्चालन गरिने भएकोछ । उत्त वडाबाट छनौट भएका मोतियाबिन्दुका बिरामीहरूको डिचेन डोङ्गगलामा अपरेशन गरिने बताईएकोछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*