अखिल कपको छात्रा तर्फ नारायणी मावि र छात्र तर्फ मैवाखोला मा.वि जित्यो
ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ‘अखिल कप २०८०’ को छात्रातर्फ नारायणी मध्यमिक र छात्रतर्फको मैवाखोला माध्यमिक विद्यालय विजेता बनेका छन ।
नारायणी माविले मैवाखोला माविलाई १–० गोल अन्तरले विजयी भएको हो । त्यस्तै छात्र तर्फ मैवाखोला माविले जनकल्याण माविलाई १–० गोल अन्तरले जित निकालेको हो । नारायणी माध्यमिक विखलयको खेल मैदानमा खेल संचालन भएको हो । प्रतियोगितामा मैवाखोला गाउँपालिका भित्रका ५ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो ।
अनेरास्ववियु मैवाखोला पालिका कमिटीको आयोजनामा सोमबार सुरु भएको प्रतियोगिता आज सकिएको हो । प्रतियोगिताको विजेताले नगद ८ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेकाछन भने उपविजेतालाई नगद ४ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरेको आयोजकले जनाएको छ ।
खेलको समापन तथा पुरस्कार वितरण नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा विद्यार्थी इन्चार्ज लेखनाथ भट्टराईको प्रमुख आथित्यतामा तथा अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष विवेक बानियाँको उपस्थिति रहेको थियो ।
खेलको उद्घाटन नेकपा एमाले जिल्ला कमिटी उप–सचिव साथै आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमु दिपेनको प्रमुख आथित्यतामा थियो । अनेरास्ववियु जिल्ला कमिटी ताप्लेजुङको रचनात्मक कार्य अन्तर्गतको कार्यक्रम मैवाखोलाबाट सुरु गरिएको र अन्य पालिकामा पनि पालिका कमिटीको निर्णय अनुसार कार्यक्रम संचालन हुने अध्यक्ष बानियाँले बताए ।




















