सिदिङवा रनिङ शिल्ड भलिबलको उपाधी पाथीभरा याङवरकलाई
ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउपालिकामा संचालन भएको अन्तर पालिका स्तरीय प्रथम सिदिङवा रनिङ शिल्ड भलिबलको उपाधी पाथीभरा याङवरक गाउपालिकाले जितेको छ ।
पाथीभरा याङवरक गाउपालिकाले प्रतियोगिताको फाईलनमा सिदिङवा गाउपालिकालाई ३ १ को सेटमा जित निकालेको हो । पाथिभरा याङवरक गाउपालिकाले २५–२७, २५–२१,२५–२१ र २५–१३ को सेटमा जित निकालेको हो । उक्त प्रतियोगितामा ताप्लेजुङ र छिमेकी जिल्ला पाँचथर सहित ७ वटा पालिकाले सहभागिता लिएका थिए ।
विजेता टिमले नगद रु २ लाख ५० हजार सहित टफि मेडल र प्रमाण पत्र प्राप्त गरेकाछन् । उपविजेता आयोजक सिदिङवा गाउपालिकाले नगद १ लाख २५ हजार सहित टफि मेडल र प्रमाण पत्रमा सिमित रहयो ।
प्रतियोगिताको फाईनल तथा समापन कार्यक्रमका प्रमुख अतिथी कोसी प्रदेशका पूर्वमन्त्री बल बहादुर साम्सोहाङ पुरस्कार वितरण गर्नुभएको हो ।
समापन कार्यक्रममा पाथीभरा याङवरक गाउपालिका अध्यक्ष केसर कुमार सुब्बा ,उपाध्यक्ष रनमाया गुरुङ,सिदिङवा गाउपालिका उपाध्यक्ष कृष्ण कुमारी कडरिया ,वडाअध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।



















