ताप्लेजुङमा नेता र कर्मचारीले डोरी तान्ने

मदन गौतम
फाल्गुन ६, २०८०

ताप्लेजुङ । ताप्लेजुङमा राष्ट्रिय प्रजातन्त्र दिवस २०८० को अवसरमा कर्मचारी र राजनीतिक दल तथा जनप्रतिनिधिका बीच डोरी तान्ने प्रतियोगिता हुने भएको छ । बिजेतालाई जिल्ला समन्वय समितिमार्फत १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको समितिले जनाएको छ । जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको संयोजकत्वमा बसेको आइतवारको बैठकले राष्ट्रिय प्रजतान्त्र दिवस मनाउने निर्णय गरेको प्रमुख लामाले बताए ।

डोरी तान्ने प्रतियोगिताका सम्पन्न गर्नका लागि मंणीशकर पोमुको संयोजकत्वमा एक समिति निर्माण भएको छ समितिको सदस्यहरुमा गणेशकुमार पोखरेल र कमल लिम्बु रहेको जिसस प्रमुख लामाले बताए । लामाका अनुसार सोमवार फागुन ७ गते विहान जिल्ला अस्पतालका विरामीलाई फलफुल वितरण गर्ने र जिल्ला समन्वय समितिको प्रांगणमा राष्ट्रिय झण्डा झण्डोत्तोलन तथा जिससको परिसरमा वृक्षरोपण समेत गरिन भएकोे छ ।
प्रजातन्त्र दिवस जिल्ला मूल समारोह समितिले फागुन ६,७ र ८ गते तीन दिन घर तथा सार्वजनिक निकायहरुमा साँझ दीपावली गर्न समेत अनुरोध गरेको छ । मूल समारोह समितिले जिल्ला भरका सबै स्थानीय तहमा आ–आफु अनुकूल कार्यक्रम तय गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन समेत आग्रह गरेको छ ।
विस२००७ सालको क्रान्ति सफल भएर १ सय ४ वर्षे लामो राणा शासनको अन्त्य भएको स्मरणमा प्रत्येक बर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*