गैसस महासंघद्वारा ३१ बुँदे नागरिक घोषणापत्र जारी

वेलकम खबर
फाल्गुन ६, २०८०

काठमाडौं । गैर सरकारी संस्था महासंघ नेपाल (गैसस) ले ३१ बुँदे नागरिक घोषणाापत्र जारी गरेको छ ।

आइतबार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ३१ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो । महासंघको २९औ वार्षिक साधारण सभाबाट नागरिक घोषणा पत्र २०८० जारी गरिएको हो ।नागरीक संघ संगठनहरूको छाता संगठनका रुपमा रहेको ‘गैर सरकारी संस्था महासंघ नेपाल’ले देश संघियतामा गएको आधा दशक हुँदापनि समाज कल्याण परिषद् पुरानै ढाँचामा संचालन लज्जास्पद भएको उल्लेख गरेको छ ।

समाज कल्याण परिषद् पुरानै ढाँचामा संचालन लज्जास्पद भएकोले पुनरसंरचना गर्नुपर्ने र प्रदेश स्तारबाट परियोनाहरु स्वीकृतको व्यवस्था हुनुपर्ने महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले बताए । नागरिक घोषणा पत्र २०८० नै वर्षभरीको मार्गदर्शन हुने महासंघका अध्यक्ष सुवेदीले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*