उर्जामन्त्रीलाई मागे नेकपा माओवादी ताप्लेजुङले पाँच योजनामा बजेट

वेलकम खबर
फाल्गुन ४, २०८०

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र ताप्लेजुङले उर्जा जलस्रोत तथा सिचाईमन्त्रीलाई विभिन्न ५ वटा योजना माग गरेका छन ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विष्णु कुमार लिम्बुको टोली मन्त्री शक्तिबहादुर बस्नेतलाई मन्त्रालयमा भेट गरी आर्थिक बर्ष २०८१।८२ का लागि विभिन्न आयोजनाका लागि बजेट माग गरेको हो
मन्त्री बस्नेतलाई बुझाईएको माग पत्रमा तमोरखोला लिफ्टिङ सिचाई योजना मिक्वाखोला १र२ खोक्लिङ, तमोरखोला चोकपुर लिफ्टिङ सिचाई योजना आठराई त्रिवेणी २ फुलवारी,तमोरखोला चोकपुरबाट धिमालडाँडा पम्पिङ सिचाई योजना आठराई त्रिवेणी फुलवारी र हाङपाङ पर्यटिय फुङलिङ बजार बिजुलीको तार अण्डर ग्राउण्ड गर्ने,सल्ले सिचाई योजना सिरिजङ्घा वडा ५ र ७ का लागि माग पत्र पेश गरेको संयोजक लिम्बुले बताए ।
माग बारे मन्त्री बस्नेत सकरात्मक रहेका बताउदै बसै योजनाका डिपिआर सहित माग पत्र पेश गर्न मन्त्रीले सुझाव दिएको संयोजक लिम्बुले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*