फावाखोला मोटरेवल पुल उद्घाटन, पूर्व जान सहज
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा न २ थेचम्बु र वडा न ५ चाक्सिबोटे जोड्ने मोटरेबल पुल उद्घाटन गरिएको छ ।
आज कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री कमल प्रसाद जवेगुको पूलको रिवन काटेर उद्घाटन गर्नु गर्नु भएको छ । आर्थिक बर्ष ०७५र०७६ बाट प्रदेश सरकार र गाउँपालिका सरकारको संयुक्त साझेदारीमा पूल निर्माण सम्पन्न भएको पाथीभरा याङवरक गाँउपालिका अध्यक्ष केशर मेन्याङवोले जानकारी दिएका छन ।
अध्यक्ष मेन्याङवाका अनुसार पूल कुल ४ करोड २९ लाख रकम मध्ये २ करोड ७५ लाख प्रदेशबाट र बाँकी गाउँपालिका रकम विनियोजन भएको थियो ।
जिल्ला सदरमुकाम आवतजावत गर्न फावाखोला पूर्वको अधिकांश गाउँहरु सहज भएको पूर्व मन्त्री बलबहादुर साम्सोहाङले बताए ।





















