















काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई दुई वर्ष जेल सजाय ठहर भएको छ ।
विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार गुरुङलाई दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय र ८० लाख ४८ हजार रुपैयाँ जरिवाना गराउने आदेश सुनाएको हो ।
उनीसँगै विचौलिया रामप्रसाद सुवेदी र शोभाकान्त ढकाललाई पनि दुई वर्ष जेल र ८० लाख ४८ हजार रुपैयाँ जरिवना गराउने फैसला भएको छ । उनीहरु सरकारी जग्गा सट्टा भर्ना गर्ने कार्यको मतियार भएको र आफ्नो र परिवारको नाममा जग्गा पास गरेको अभियोग थियो ।
मोहीको सट्टा भट्टा प्रक्रियामा बदनीयतपूर्वक अपारदर्शी तवरले भूमिसुधार ऐन २०२१ तथा जग्गा प्राप्ति ऐन २०३४ का आज्ञात्मक प्रबन्धहरु छलेको देखिएको अदालतले फैसलामा उल्लेख गरेको छ ।
हेर्नुहोस् फैसलाको संक्षिप्त रुप















