ताप्लेजुङको भानु मावि ७५ बर्षमा, योगेश भट्टराईद्धारा शुभारम्भ
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ स्थित भानु जन माध्यमिक विद्यालय स्थापनाको ७५ औं वार्षिक उत्सव प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले पुनसमा बत्ती बालेर शुभारम्भ गरेका छन ।
विद्यालयको परिसरमा निर्माण गरिएको भानु स्तम्भको प्रमुख अतिथि सांसद तथा पूर्वमन्त्री भट्टराईले अनावरण पनि गरेका थिए । प्रधानअध्यापक किशोर कुमार राईका अनुसार उक्त स्तम्भ ढुङ्गाले निर्माण गरिएको हो । विद्यालयको कुल ५ लाखको लागतमा स्तम्भनिर्माण गरिएको विद्यालयले जनाएको छ । हीरक महोत्सवको उत्सवकै अवसर पारेर विद्यालयले पुण्यप्रसादका कथाको दोस्रो सङ्ग्रह पुस्तक विमोचन गरेको छ ।
२००६ सालमा स्थापना भएको विद्यालयले आफ्नो विद्यालयको गतिविधि सहितको लेख प्रकाशन गरि आज सार्वजनिक गरिएको हो ।
२००६ सालमा स्थापना भएको विद्यालयले हाल जिल्लाको गुणस्तरीय प्रदान गर्ने विद्यालयको रुपमा पहिचान बनाएको छ । अंग्रेजी तथा नेपाली दुवै माध्यमहरुबाट पठनपाठन हुने विद्यालयमा जिल्लामै पहिलो पटक सङ्गीतको कक्षा पनि सञ्चालनमा रहेको छ । विद्यालयले शिक्षा ,व्यवस्थापन , कम्प्युटर सिभिल इन्जिनियरिङ , विज्ञान , संगीत ,आइटी खेलकुद , पर्यटक पद प्रर्दशक तालिमका क्षेत्रमा दक्ष जन शक्ति उत्पादन गदै आएको र शोधार्थी तथा अभिभावकको पहिलो रोजाईमा पर्ने गरेको विद्यालयले दावी गरेको छ ।

विद्यालयमा हाल ५४ जना शिक्षक, कर्मचारी कार्यरत छन भने बाल कक्षा देखि कक्षा १२ सम्म २ हजार ५९ जना विद्यार्थी अध्ययन गरिरहेको प्रअ राईले बताउनुभयो । विद्यालय स्थापनाको ७५ औं वार्षिक उत्सव आजबाट सुरु भएको ७५ औं बार्षिक उत्सव विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरि शुक्रबार समापन हुने विद्यालयले बताएको छ । आज उद्घाटन भएको उत्सव तीन सम्म सञ्चालन हुने प्रअ राईले जानकारी दिएका छन ।




















