पाथीभरामा माघमा २४ लाखभन्दा बढी भेटी संकलन (कुन दिन कति विवरण सहित )

वेलकम खबर
फाल्गुन २, २०८०

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा गत माघमा मात्रै २४ लाख एक हजार पाँच सय रुपैयाँ भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार माघमा ६ हजार सात सय एकजना भक्तजन पाथीभरा मन्दिरमा पुगेका थिए । उनीहरूले पूजापाठ गरी चढाएको भेटी २४ लाख एक हजार पाँच सय रुपैयाँ भएको समितिले जनाएको छ ।
माघ मसान्तसम्ममा समितिको कोषमा जम्मा बैंक मौज्दात आठ करोड ९४ लाख ५४ हजार ४५ रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए। गत साउनदेखि माघसम्ममा ९८ हजार तीन सय भक्तजनले पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेको समितिले जनाएको छ ।
बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुका समयमा भक्तजनको चाप बढ्ने गरेको छ । बडादसैँपछि चैतेदसैँ (रामनवमी)का समयमा धेरै तीर्थयात्री यहाँ आउने गर्दछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन् ।
तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको बिर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ । मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*