काठमाडौंमा २ सय १७ जना ताप्लेजुङका बुवालाई सम्मान गदै ताप्लेजुङ समाज ( भिडियो सहिततथा कार्यक्रम तालीका सहित )
काठमाडौ । ताप्लेजुङ समाज नेपाल काठमाडौले ताप्लेजुङका ७० बर्ष माथिका २१७ जना वुवाहरुलाई सम्मान गर्ने भएको छ । ल्होसारको अवसरमा आँउदो फागुन ५ गते ताप्लेजुङबाट काठमाडौ आई बसोबास गरिरहेका २१७ जना बुवाहरुलाई सम्मान गर्न लागिएको ताप्लेजुङ समाज नेपालद्धारा आयोजित पत्रकार सम्मेलनमा भनिएको सम्मेलनमा जानकारी दिए ।
पत्रकार सम्मेलनमा ताप्लेजुङ समाजका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक रमेश बरालले ३५ बटा विभिन्न संस्थाको सहयोगमा ताप्लेजुङको मेलाकै रुपमा कार्यक्रम गर्न लागिएको जानकारी दिएका छन ।
त्यस्तै संस्थाका महासचिव देउमान विष्टले ७० बर्ष देखि १०२ बर्ष सम्मको बुवाहरुलाई सम्मान गर्न लागिएको जानकारी दिएका छन । संस्थाका अध्यक्ष डम्बरबहादुर तुम्वाहाम्फेले जिल्लाको विविध सांस्कृतिक झाँकी सहित हुने कार्यक्रम भब्य हुने बताए उनले सवै जिल्लाबासीहरुलाई ल्होसार तथा बुवा सम्मान कार्यक्रम तथा अन्य विविध कार्यक्रममा उपस्थितिका लागि सवैलाई अनुरोध समेत गरेका छन ।























