सिरीजंघा गोल्ड कप खेलाउदा साढे दुई लाख बचत

वेलकम खबर
फाल्गुन १, २०८०

ताप्लेजुङ । तेल्लोक स्पोटिङ क्लबले झण्डै साढे दुई लाख रकम बचत गरेको छ । गत मंसिरमा सम्पन्न तेश्रो सिरीजंघा गोल्ड कपको खर्च र आम्दानी सार्बजनिक गर्दै दुई लाख एकचालीस हजार एक सय उनासी रुपैयाँ रकम बचत भएको जनाएको छ ।
सिरीजंघा गाउँपालिकाको केन्द तेल्लोकमा सोमबार आम्दानी तथा खर्च सार्बजनिक कार्यक्रममा आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै सो रकम बचत गर्न सफल भएको क्लबका कोषाध्यक्ष दिनेश भट्टराईले बताए । उनका अनुसार बिभिन्न संघ संस्था तथा व्यक्तिबाट कुल १८ लाख ७१ हजार ७ सय २ रुपैयाँ संकलन भएको छ । कुल आम्दानीको १६ लाख ३० हजार ५ सय २३ रुपैयाँ खर्च भएको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रतियोगीता सम्पन्न पश्चात रकम बचत गर्ने जिल्लाको दोश्रो क्लब बनेको छ । यसअघि लाखेजात्राको अबसरमा आयोजित खेलबाट आयोजकले २३ लाख बढी रकम बचत भएको छ । यस्तै सिरीजंघा गोल्ड कप ताप्लेजुङमै सञ्चालित खेलमध्ये दोश्रो ठुलो प्रतियोगिता भएको समेत क्लबका अध्यक्ष अर्जुन भट्टराइको भनाइ थियो ।
क्लबले सिरीजंघा सिंह थेवेको ३ सय १९ औं जन्म जयन्तीको अवसरमा गत मंसिर २५ देखि २९ गतेसम प्रतियोगिता सञ्चालन गरेको थियो । ताप्लेजुङका ३ सहित काठमाडौँ झापा इलाम पाँचथर र उदयपुरबाट गरी कुल ८ टीमको सहभागीता रहेको गोल्डकपको उपाधि देउराली स्पोटिङ क्लब इलामले हात पारेको थियो ।
कार्यक्रम सिरीजंघा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपाली तेल्लोकका वडाध्यक्ष रुपदास भट्टराई बिभिन्न पार्टी तथा संस्थाका प्रतिनिधि लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।
आयव्याय सार्बजनिक कार्यक्रममा क्लबले ४ जना व्यक्तिलाई आजीबन सदस्यता पत्र समेत प्रदान गरिएको छ। क्लबका अध्यक्ष भट्टराईका अनुसार मनोज उप्रेती बिमला साम्यु प्रेम गुरुङ र दिपक पौडेललाई आजीवन सदस्यता पत्र समेत प्रदान गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*