केपी ओली कपको प्रचार गर्न  मैत्रीपूर्ण फुटसल, बिजेता बन्यो सम्पर्क मञ्च (भिडियो सहित)

वेलकम खबर
माघ २९, २०८०

काठमाडौं । आँउदो फागुन ११ गते देखि काठमाडौंमा हुने  केपी ओली कपको प्रचार गर्ने उद्देश्यले आज काठमाडौंमा मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ ।
राष्ट्रिय युवा संघ अन्तर जिल्ला कमिटीको आयोजनामा भएको खेलमा ताप्लेजुङ काठमाडौं पत्रकार समूह,ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्च, राष्ट्रिय युवा संघ, लिजेन्ड टिम बिच खेल भएको थियो खेलमा सम्पर्क मञ्च प्रथम, लिजेन्ट ग्रुप द्धितीय  भएको  राष्ट्रिय युवा संघ नेपाल  अन्त -जिल्ला कमिटी ताप्लेजुङका अध्यक्ष प्रितम साँवाले जानकारी दिएका छन  ।


राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले सकारात्मक सोचको विकास गर्दै  खेलकुद र मनोरञ्जन दिन सक्ने खेल फुटबल भएका कारण केपी ओली कप सञ्चालन गरेको बताए ।
अध्यक्ष थेवेले राजनीतिक संस्थाले पनि खेलकुदको आयोजना गरी  आम मानिसलाई मनोरञ्जन प्रदान गर्दा रहेछ भनेर सन्देश प्रवाह गर्नका लागि पनि  केपी ओली कप आयोजना गर्न लागेको बताए । उनले छिमेकी भारतका वेस्ट बंगाल र न्यु दिल्लीको टीम समेत  केपी कप  फुटवलमा समावेश हुने बताउँदै खेल नेपालका ‘ए’ डिभिजन खेलाडीहरू मात्रै खेलमा समावेश हुने अध्यक्ष थेवे जानकारी दिएका छन ।

केपी ओली कपको फाइनल बाहेक सबै खेल च्यासलस्थित मैदानमा हुनेछ । फाइनल खेल दशरथ रङ्गशालमा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ११ लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । यसैगरी, उत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ पाउनेछन् । उत्कृष्ट गोल रक्षक र, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको म्यान अफ दी म्याचले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*