ताप्लेजुङका एक महिनामा एक मिलिमिटर वर्षा किसान पर्यो समस्या
ताप्लेजुङ । सुदूर पूर्वको ताप्लेजुङमा एक महिनामा जम्मा एक मिलिमिटर वर्षा भएको छ । यहाँस्थित जल तथा मौषम विभागको फिल्ड कार्यालयका अनुसार माघ १३ गतेका दिन वर्षा भएको थियो ।
अग्रेजी मिति अनुसार जनवरीको तथ्यांक निकालेको कार्यालयले अघिल्लो वर्षपनि यो महिनामा फाट्टफुट्ट मात्रै वर्षा भएको जनाएको छ । लामो समय पानी नपर्दा पानीका मुहान सुकेका छन् भने किसान समस्यामा पर्न थालेका छन् ।
फिल्ड कार्यालय प्रमुख डेभिड ढकालका अनुसार गतवर्ष र यो महिनाको चिसो समानदरको पाइएको छ । यो वर्ष औषत न्यूनतम तापक्रम ४.७ डिग्री रहेको र सबैभन्दा कम तापक्रम माघ ११ गते २.८ डिग्री सेल्सियस मापन गरिएको ढकालले जानकारी दिए । गतवर्ष औषत न्यूनतम ४.५ र सवैभन्दा कम २।४ डिग्री मापन गरिएको थियो ।
योवर्ष जनवरिको औषत अधिकतम तापक्रम १५.५ डिग्री सेल्सियस रहेको र पुष २८ को दिन सबैभन्दा वढी १९.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको कार्यालयले जनाएको छ । ढकालका अनुसार गतवर्षको यो अवधिमा १६ देखि २१ डिग्री सेल्सियस तापक्रम रहेको थियो ।लामो समय पानी नपर्दा आगलागी, डढेलोका घटना सुरु हुन थालेका छन् ।



















