दोभान-बहानन्दे सडक निर्माणको भुत्तानी नपाएको भन्दै ठेकेदारको प्रदर्शन

वेलकम खबर
माघ २३, २०८०

ताप्लेजुङ । दोभान-बहानन्दे सडक खण्डमा कार्यरत निर्माण कम्पनीले काम गरेको रकम भुक्तानी नदिएको भन्दै काम छोडेर हिड्ने चेतावनी दिएको छ ।काम गरिरहेको, तर सरकारले दिनुपर्ने भुक्तानी नदिँदा काम गर्न असहज भएको भन्दै निर्माण कम्पनीका प्रतिनिधिहरुले सोमबार निर्माणस्थलमा व्यानरसहित प्रदर्शन गरे ।

देशका अन्य विभिन्न ठाउँमा ठेकेदारले काम छोडेर भागेको गुनासो आइरहँदा यहाँ भने सरकारले काम गरेको पैसा नदिएका कारण काम छोडेर हिड्नुपर्ने अवस्था आएको चेतावनी दिएका छन् ।यो ताप्लेजुङको निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ लाई एकमात्र सडक हो । १० किलोमिटर सडक कालोपत्रेका लागि एपेक्स कन्ट्रक्सन कम्पनी प्रालिले डेढ वर्षअघि कामको जिम्मा लिएको थियो ।३३ करोडको ठेक्कामा डेढ वर्षमा ६० प्रतिशत काम सकिएको कम्पनीका ताप्लेजुङ प्रतिनिधि अनिल चौधरीको दावी छ । उनका अनुसार रकम भने ४७ प्रतिशत मात्रै पाएका छन् ।‘हामीले पहिला १५ करोड पाएका हौं, थप ७ करोडको काम गरिसक्यौं,’ चौधरीले भने, ‘मजदुरलाई पैसा दिन सकिएको छैन । आवश्यक सामाग्री ल्याउनपनि सकिएन । चार महिनादेखिको तलब हामीले पनि खाएका छैनौं र काम गर्नेलाई पनि दिन सकेका छैनौं ।’

७ करोड रुपैंयाको बिल बनाएर कार्यालयमा पेश गरेको उनले बताए ।यो सडक उत्तर दक्षिण (मुलघाट–दोभान–ओलाङचुङगोला) सडक आयोजनाले हेर्दै आएको छ । आयोजना प्रमुख सुदर्शन कार्की भुत्तानी दिन नसकिएको स्वीकार्छन् । ‘यो वर्ष एक करोड विनियोजन भएको थियो र विनियोजित रकम सकियो । उहाँहरुले काम बढीनै गर्नु भएको छ ।

हामीले थप पैसा माग गरेका छौं । उताबाट आएपछि भुत्तानी हुन्छ,’ कार्कीले भने ।सडकको ठेक्का लागेपछि ठेकदारलाई तत्काल काम गराउन जनप्रतिनिधि, राजनीतिक दल, स्थानीयबासीले पनि दबाव दिएका थिए । आफुहरुले पैसा नपाउँदा सबैले बोलिदिनुपर्ने माग निर्माण कम्पनीका मजदुरको छ ।#ईकान्तिपुर डटकमवाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*