फुङलिङमा एक बृद्ध मृत भेटिए

मदन गौतम
माघ २२, २०८०

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा एक बृद्ध मृत भेटिएका छन् । आज फुङलिङ नगरपालिका ७ मा पर्ने नर्सरीमा वनमा फुङलिङ नगरपालिका ९ हाङदेवाका ७० बर्षिया राम बहादुर महताराको शव भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी कमल कुमार लुङगेली बताउनुभयो ।
शबलाई पोष्टमाटका लागि जिल्ला अस्पतालमा राखिएकोछ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको लुङगेली बताउनु भयो । मृतक महतारा परिवारमा कसैलाई नभनि घरबाट हिडेको परिवारले बताएकोछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*