अनेरास्ववियु ताप्लेजुङको जिल्ला कमिटी गठन प्रकृया प्रति संगठन भित्रै असन्तुष्टि,पुरानै कमिटीलाई मान्यता दिने असन्तृष्टि पक्षको घोाषणा

अनेरास्ववियू केन्द्रीय अध्यक्ष वडाल भन्छन : विवेक बानियाँ नै ताप्लेजुङ सर्वसम्मत अध्यक्ष हो
वेलकम खबर
माघ २१, २०८०

ताप्लेजुङ । नेकपा एमाले निकट अनेरास्ववियूको जिल्ला कमिटी गठन प्रकृयालाई लिएर असन्तुष्टि सतहमा आएको छ । अनेरास्ववियुकै असन्तुष्टि पक्षले सनिबार चयन भएको जिल्ला कमिटीमा षड्यन्त्र पूर्बक ढङ्गले नेतृत्व घोषणा गरेको भन्दै प्रेस विज्ञप्ती निकालेर आपत्ति जनाएको छ ।
अनेरास्ववियू प्रदेश कमिटी सदस्य तथा २३ औं जिल्ला अधिवेशनकी अध्यक्ष मण्डलकी सदस्य अनिता हेल्लोकद्धारा हस्ताक्षरित विज्ञप्तीमा बन्दसत्रको कुनै प्रक्रिया पुरा नगरी अध्यक्ष मण्डलका सदस्य अनेरास्ववियु केन्द्रिय कमिटी सचिब मनोज ताम्लिले बन्दसत्र स्थगित भएको घोषणा गरि सबै प्रतिनिधिहरु घर फर्किएको मौका पारी गोप्य र षड्यन्त्र पुर्वक नेतृत्वको घोषणा गरी सामाजिक सञ्जालमा सार्बजानिक गरिएको भदै असन्तुष्टि जनाइएको छ । यस्तो नेतृत्वलाई कालो ईतिहासको रुपमा चित्रण गर्दै पुरानै आयोजक कमिटी संयोजक मिङ्मा शेर्पा र सहसंयोजक विवेक बानिँया यथावत रहेको र सो कमिटी मार्फत नै ताप्लेजुङको अनेरास्ववियू सञ्चालन हुने घोषणा पनि असन्तुष्ट पक्षले गरेको छ ।
यता अनेरास्ववियु सचिव तथा अध्यक्ष मण्डलका अध्यक्ष ताम्लिले विवेक बानियाँको अध्यक्षतामा अनेरास्ववियुको फेसबुक पेजबाट कमिटी गठन गरेको थियो ।


यता उद्घाटनसत्र प्रमुख अतिथी बनेको अनेरास्ववियूका केन्द्रीय अध्यक्ष समिक बडालले बानियाका अध्यक्षतामा सर्वसम्मत कमिटी गठन गरेको दाबी गरेका छन । फेसबुकमा स्टाटर्स लेख्दै अध्यक्ष वडालले निर्वाचित कमिटीलाई कसैका दवाबमा नपरी काम गर्न आग्रह समेत गरेका छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*