ताप्लेजुङका तीनजना पत्रकार पुरस्कृत

वेलकम खबर
माघ २१, २०८०

ताप्लेजुङ ।  प्रेस चौतारी नेपाल ताप्लेजुङले ३ जना पत्रकारलाई पुरस्कृत गरेको छ । आईतबार आफ्नो २६ औ स्थापना दिबसको अबसरमा जिल्लाका क्रियाशील ३ जना पत्रकारलाई नगद दश हजार एक सय पाँच रुपैयाँका दरले सम्मान तथा पुरस्कृत गरेको गरेको हो ।

नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष, नयाँ पत्रिका दैनिक तथा उज्यालो अनलाईनका संवाददाता केशव भट्टराई, ताप्लेजुङको पहिलो सामुदायिक रेडियो, रेडियो तमोर १०२ मेघाहर्जका पुर्व सहायक स्टेनशन मेनेजर, नेपाल पत्रकार महासंघका पुर्व सचिव रविन भट्टराई र नेपाल पत्रकार महासंघका उपाध्यक्ष ,रेडियो तमोरका बजार ब्यबस्थापक प्रमुख तथा  गंगा लिङखिमलाई सम्मान तथा पुरस्कृत गरिएको प्रेस चौतारी नेपाल ताप्लेजुङका अध्यक्ष बसन्त पालुङवा लिम्बुले बताउनुभयो ।

 

अध्यक्ष लिम्बुका अनुसार प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पुर्ब सचिब भट्टराईराईलाई, जयमती कर्ण बहादुर पत्रकारीता पुरस्कारबाट पुर्ब अध्यक्ष भटटराईलाई र अग्नि प्रसाद भिमादेबी पत्रकारीता पुरस्कारबाट लिङखिमलाई पुरस्कृत गरिएको हो । नेकपा एमालेका केन्द्रिय सचिब तथा प्रतिनिधिसभाका सदस्य योगेश कुमार भट्टराईको प्रमुख आतिथ्यतामा पत्रकारत्रयलाई पुरस्कृत गरिएको हो ।

 

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य भट्टराई कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य तिलकुमार मेन्याङबो पूर्वमन्त्री बलबहादुर साम्सोहाङ एमाले ताप्लेजुङका कार्यबाहक अध्यक्ष सन्तोष खतिवडा फुङलिङ नगरपालिकाका उपप्रमुख भीमादेबी ओझा आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन ) लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*