स्वास्थ्य र शिक्षाको सवलीकरणमा जोड दिन स्थानीय तहलाई योगेश भट्टराईको आग्रह (भिडियो सहित )

स्वास्थ्य ऐन संशोधन गर्नुपर्छ :योगेश भट्टराई 
वेलकम खबर
माघ २०, २०८०

ताप्लेजुङ । प्रतिनिधिसभा सदस्य तथा नेकपा एमाले सचिव योगेश भट्टराईले बजेटको मुख्य प्राथमिकता सडक पूर्वाधार पर्ने भएपनि स्वास्थ्य र शिक्षाको सवलीकरणका लागि  बजेट विनियोजन गर्न स्थानीय तहसँग माग गरेका छन ।


आज  नेपाल मेडिकल सर्पोट जर्मनको सहयोगमा ताप्लेजुङ सदरमुकाम फुङलिङ आयोजित डिचेन  डोङला आँखा उपचार केन्द्रको नवनिर्मित भवन  उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद भट्टराईले संविधानतः स्वास्थ्य शिक्षाको अधिकार स्थानीय तहमा भएको उल्लेख गदै आम मानिसका आधारभूत कुरा पनि  शिक्षा र स्वास्थ्य भएको  बताउँदै स्वास्थ्य र शिक्षाको सवलीकरणका बजेट विनियोजन  गर्न  स्थानीय तहसँग माग गरेका हुन ।

 


उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीले तत्कालै प्रतिफल नदिएपनि समाजको सामाजिक आर्थिक रूपान्तरणमा यसको दीर्घकालिक महत्व रहेन बताए । 


पूर्वमन्त्री समेत भई सकेका भट्टराईले जिल्ला अस्पताल ताप्लेजुङ कोशी प्रदेशमै उत्कृष्ट भएपनि स्वास्थ्यकर्मीको  दुर्गम बस्न नमान्ने कारण स्वास्थ्य सेवा ऐन आवश्यक संशोधन गर्नु पर्ने जोड दिएको छन । उनले  दुर्गम क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी ईन्सेन्टिभ, सेवा सुविधा बढाउनु पर्ने,उच्च शिक्षा अध्ययनका लागि विशेष अवसर प्रदान गर्न सकेमा दुर्गम क्षेत्रमा समेत स्वास्थ्यकर्मी रहेन दाबी गरेका छन ।
नवनिर्मित भवनबाट  आँखाका विरामीले  थप उपचार  पाउने विश्वास गर्दै डिचेङ डोङला आँखा उपचार केन्द्रले आँखा सुरक्षित राख्न जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम गर्न समेत सुझाब दिएका छन ।


भट्टराईले ताप्लेजुङ विकास मञ्चले डिचेन डोङलाको भवन निर्माण र जिल्ला अस्पताल ताप्लेजुङको भवन निर्माणका काम पारदर्शी ढंगले गरेको जनाउदै धन्यवाद गरेका छन । नवनिर्मित भवन ९० लाख निर्माण सम्पन्न भएको ताप्लेजुङ विकास मञ्चका अध्यक्ष सन्तोष प्रसाईले जानकारी दिएका छन । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*