पाथीभरा क्षेत्र विकास समितिले पर्यटनमन्त्री किराँतीलाई बुझायो ५ बुँदे मागपत्र

वेलकम खबर
माघ १७, २०८०

काठमाडौ । ताप्लेजुङको पाथीभरा क्षेत्रको विकासका लागि आवश्यक पहल तथा सहयोग गरिदिनको लागि संस्कृति पर्यटन तथा नागरिक उडडयनमन्त्री सुदन किराँतीसँग  ५ बुँदे मागपत्र बुझाएको छ ।

वार्षिक स्वदेशी र विदेशी गरी लाखौँको संख्यामा तीर्थयात्रीको आगमन हुने पाथीभरा मन्दिर क्षेत्रको समग्र विकासको अवस्था प्रयाप्त बजेटको अभाव लगायतका कारण उल्लेखनिय कार्य नभएको भन्दै पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले मन्त्री सुदन किराँतीलाई मन्त्रालयमा भेट गरी  सहयोग तथा आवश्यक समन्वय गरिदिन  आग्रह गर्दै ५ बुँदे माग पत्र बुझाएको हो ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङ सहितको टोलीले मन्त्री किराँतीलाई पाथीभरा जाने सुकेटार, काफ्लेपाटी सडकको कालोपत्रे गर्ने कार्य सम्झौता अवधि सकिनै लाग्दा पनि करिब ११ प्रतिशत मात्र काम सम्पन्न भएको र निर्माण पक्षले समयमै काम सुरु नगर्दा सडक निर्माणले गति लिन सकेको नसकेका उल्लेख गर्दै सडक कालोपत्रे ठेक्का पाएको कन्ट्रेक प्रालि काठमाण्डौले उक्त सडक निर्माणका लागि गएको २०७८ पुस ११ गते सम्झौता गरी २०८१ असार ११ भित्रै सम्पन्न गर्ने भने पनि समयमा काम सुरु नगर्दा तोकिएको समयमा सम्पन्न हुने अवस्था नरहेको जनाउदै उक्त निर्माण कार्यलाई गति दिनका लागि भौतिक मन्त्रालयसँग समन्वय गरीदिनुहुन अनुरोध छ ।
त्यस्तै पाथीभरा क्षेत्रमा सम्पन्न भएको लिफ्टीङ प्रविधि सहितको खानेपानी आयोजना प्रयाप्त विद्युत अभाव र चट्याङका कारण पटक पटक क्षति हुँदै आएकाले नियमित हुन नसकेको उल्लेख गदै उच्च क्षमताको विद्युत व्यवस्थापन र चट्याङ प्रतिरोधक प्रविधि समेतको व्यवस्थापन र पाथीभरा पदमार्गमा रातको समयमा समेत तीर्थयात्रीलाई ओहोरदोहोरमा सहजताका लागि सोलार बत्ति जडानकाका लागि पहल गरीदिनहुन गरेको हो ।

मन्त्री किराँतीसँग पाथीभरा मन्दिरमा पुजाआजालाई थप व्यवस्थित र सहज बनाउन तीर्थयात्री प्रवेश हुने र बाहिरिने गेट सहितको मार्ग र आराम कक्ष आवश्यक भएको उल्लेख गदै पाथीभरा सौन्दर्यकरणका लागि  पदमार्गका विभिन्न क्षेत्रमा दृश्य अवलोकन गर्ने पार्क लगायतका संरचना निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिदिन समेत माग गरेको हो ।
क्षेत्र विकास समितिले मन्त्रालय अन्र्तगत रहेको पुरातत्व विभागबाट मन्दिर परिसरमा ढुंगाको सोलिङ गर्ने काम भईरहेको तर रकम अभावका कारण काम ढिलो भएकाले उक्त कार्यलाई अघि बढाउनका लागि आवश्यक रकमको व्यवस्था गरिदिन समेत आग्रह गरेको छ ।
त्यस्तै मन्त्रालय अन्र्तगतकै पर्यटन विभागबाट पाथीभरा मन्दिर पसिरमा निर्माण भईरहेको टि हाउस र रेस्क्यू सेन्टरको काम पुरा नभएकोले कार्यान्वयन गर्न नसकिएको अवस्था रहेको उल्लेख गदै सो काम तत्काल सम्पन्न गर्नका लागि आवश्यक बजेट सहित स्वास्थ्य उपकरण उपलब्ध गराई दिनुहुन अनुरोध गरेको कार्यकारी निर्देशक हाङवाङ जानकारी दिएका छन ।उनले मन्त्री किराँती सकारात्मक रहेकोले माथि उल्लेखित माग सम्बोधन हुनेमा विश्वस्त रहेको समेत जानकारी दिएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*