फागुनको दोश्रो साता ताप्लेजुङ एमालेको जिल्ला अधिवेनको मिति तोक्ने

वेलकम खबर
माघ १७, २०८०

ताप्लेजुङ । नेकपा (एमाले) ताप्लेजुङको आज बसेको सचिवालय बैठकले फागुन दोस्रो हप्ता जिल्ला कमिटीको बैठक बसी जिल्ला अधिवेशनको मिति तय गर्ने निर्णय गरेको छ ।
आज बसेका १३ सचिवालय बैठकले आउदो फागुन दोस्रो हप्ता जिल्ला कमिटी बैठक बसी अधिवेशनको मिति तय गर्ने जिम्मा अध्यक्षलाई दिने निर्णय गरेको हो त्यस्तै बैठकले माघ मसान्त भरीमा सम्पुर्ण पालिका हरुको बैठक बस्नुपर्ने फागुन सात गते भित्रमा पार्टीको आन्तरिक लेखा परिक्षण गर्नुपर्ने निर्णय गरेको पार्टीका उपसचिव तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख दिपेन पोमुले जानकारी दिएका छन ।

त्यस्तै बैठकले विरामी परेका पार्टी केन्द्रीय कमिटी सदस्य ताप्लेजुङ जिल्ला ईन्चार्ज पाचथर जिल्लाको प्रतिनिधिसभा सदस्य पूर्वमन्त्री बसन्त कुमार को सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । केही महिना अघि पार्टीले सञ्चालन गरेका झुलाघाट चियाभन्ज्याङ मध्यपहाडी पुष्पाला लोकमार्ग कार्यक्रको पाचथरमा आयोजित आम सभामा उपस्थित सवैलाई धन्यवाद ज्ञापन गरेका छ भने लोकतान्त्रिक आदिवासी जनजाति महासघ प्रदेश कमिटी अध्यक्ष क हरि थलङ र नेपाल शिक्षक महासघ प्रदेश अध्यक्ष महेन्द्र प्रकाश गौतम दुवै जनालाई बधाई सहित कार्यसफलताको शुभकामना समेत ब्यक्त गरेको उपसचिव पोमुले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*