ताप्लेजुङ पुगेका सांसद तथा एमाले नेता वसन्त नेम्वाङ अचानक बिरामी,काठमाडौ लैजाने तयारी

वेलकम खबर
माघ १७, २०८०

ताप्लेजुङ । प्रतिनिधिसभाका सांसद एवं एमाले नेता वसन्त नेम्वाङ अचानक बिरामी भएपछि जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याइएको छ । नेकपा एमाले जिल्ला कमिटी ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन ताप्लेजुङ सदरमुकाम फुङलिङ आई पुगेका उनी बसेको ठाउँबाट उठ्न नसकेपछि अस्पताल पुर्‍याइएको एमाले उपसचिव मणिशंकर पोमुले जानकारी दिए ।

‘उहाँ पाथीभरा गेष्ट हाउसमा हुनुहुन्थ्यो, खाना खाएर बसेको ठाउँबाट उठ्न नसकी ढलेपछि अस्पताल ल्याएका छौं,’ पोमुले भने, ‘काठमाडौं लैजानलाई हेलिकप्टर झिकाइसकेका छौं ।’ अस्पतालले यस सम्बन्धी केही बताएको छैन । बुधबार हुने सचिवालय बैठकका लागि प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायतका नेता ताप्लेजुङ आएको पोमुले बताए । नेम्वाङ एमाले जिल्ला कमिटी ताप्लेजुङका इञ्चार्ज हुन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*