ताप्लेजुङको सोदुपोखरीमा २० फिट अग्लो रिन्पोछेको मूर्ति राखिने
काठमाडौ । ताप्लेजुङको मिक्वाखोला ५ पापुङ तोक्पेगोलाको सोदुपोखरीमा २० फिट लामो गुरु रिन्पोछेनको मूर्ति बनाउने भएको छ ।
ढोक्प्याहरुको काठमाण्डौमा आज भएको बैठकले सोदोपोखरीमा ३ टनको तामा र सुन जलपबाट गुरु रिन्पोछेनको मुर्ति बनाउने निर्णय गरेको हो ।
सो मूर्ति निर्माणको १ करोड ७५ लाख बजेट लक्ष्य राखिएकोमा पापुङको सन्तोष शेर्पाले मुर्ति निर्माणको लागि ४० लाख प्रदान गर्ने बैठकमा जानकारी गराईएको छ भने अन्य बाँकी रकम स्थानीय पालिका तथा सरकारी निकायबाट समेत अनुदानको रुपमा उपलब्ध हुने विश्वास ब्यक्त गरेको छ ।
आजको बैठकमा मिक्वाखोला गाउपालिकाका अध्यक्ष भक्त कार्की, उपाध्यक्ष डण्डू शेर्पा अमेरिका ढोक्प्या किदुकका निवर्तमान अध्यक्ष गोवा शेर्पा समेतको उपस्थिति रहेको थियो ।
तामा र सुन जलपबाट बनाईने उक्त मुर्ती बनाउनका लागि ललितपुरको पाटनमा अर्डर दिई सकिएको मूर्ति निर्माण सम्पन्न गर्न १ बर्ष ६ महिना लाग्ने अनुमान गरिएको छ ।




















