अनेरास्ववियु ताप्लेजुङको अधिवेशन माघ १९ र २० गते फुङलिङमा हुने
ताप्लेजुङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) ताप्लेजुङको आगामी माघ १९ र २० गते २३ औ जिल्ला अधिबेशन हुने भएको छ । आज जिल्ला अधिबेशन बारेमा पत्रकार सम्मेलनमाफर्त जानकारी गरिएको हो । अनेरास्ववियुका केन्द्रीय कमिटी अध्यक्ष समिक बडालको प्रमुख आथित्यतामा अधिबेशन हुन लागेको हो ।
अधिबेशनमा प्रत्येक पालिका कमिटीबाट २ महिला सहित ५ जना , नगरपालिका कमिटीबाट ३ महिला सहित ७ जना क्याम्पस कमिटीबाट १ महिला सहित ३ जना गरेर ५० जना र अधिबेशन आयोजक कमिटी ५७ जना गरि १०७ जना प्रतिनीधीहरुले नया कमिटी चयन गर्ने ब्यवस्था रहेको आयोजक कमिटी अध्यक्ष मिङमा शेर्पाले बताउनु भयो ।

अधिबेशन प्रतिनीधी १०७ जना मध्येबाट नया बन्ने अनेरास्ववियुको जिल्ला कमिटी ४१ सदस्यीय हुने र ७ जना पदाधिकारीमा २ महिला अनिवार्य रहने विधानमा ब्यवस्था गरिएको संयोजक शेर्पाले बताउनु भयो । अधिबेशन सम्पन्न गर्नका लागि संगठनले १० वटा उपसमिति निर्माण गरि तयारीलाई तिव्रता दिएको जनाएको छ । ताप्लेजुङमा अनेरास्ववियु २०३६ सालमा रत्न लाबुङको अध्यक्षतामा प्रथम जिल्ला अधिबेशन भएको थियो ।




















