बधशाला ब्यवस्थित गदै फुङलिङ नगरपालिका

वेलकम खबर
माघ १४, २०८०

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले ताप्लेजुङ फुङलिङका मासु ब्यवसायी सग छलफल गर्ने भएको छ । मासुको ब्यवस्थापन, सरसफाई लगायतका विषयमा माघ १६ गते दिउसो १ वजेदेखि छलफल गर्न लागेको हो ।
धरान लगायतका ठुला शहरमा जस्तै एकै ठाउमा सुविधा सम्पन्न वधशाला र बिक्रि वितरण केन्द्र वनाउने तयारीमा रहेको नगरपालिकाले त्यो विषयमापनि ब्यवसायिसग छलफलको तयारी गरेको छ । नगर उप प्रमुख भिमादेवी ओझाका अनुसार सदरमुकामको फुङलिङको दुई वा तीन ठाउमा ब्यवस्थित मासुपसल सञ्चालन गर्ने तयारीमा नगरपालिका छ ।

त्यो प्रकृया प्रारंभ गर्नु अघि ब्यवसायीसँग छलफल गर्न लागिएको उनले वताइन । मासु ब्यवसायीको सुझावका आधारमा नगर कार्यपालिकामा योजना लैजाने तयारी उप प्रमुखको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*