भानुजन माविले फागुनमा हिरक महोत्सव मनाउदै
ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ ४ मा रहेको भानुजन नमुना माध्यमिक विद्यालयले आगामी फागुन २ देखि ४ गते ७५ औ बार्षिक उत्सव मनाउने भएको छ । फागुन २ देखि ४ सम्म मनाईने ७५ औं स्थापना दिवसको पहिलो दिन फागुन २ गते सरस्वती पूजा,फुङलिङ नगरपालिकाका माध्यमिक बिद्यालय स्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता सहित उद्घाटन कार्यक्रम हुने भएको छ ।
त्यस्तै ३ गते भलिबल प्रतियोगिता तथा नगरपालिकाका माध्यमिक बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन हुने छ । यसै गरि अन्तिम दिन ४ गते पुरस्कार तथा सम्मानपत्र बितरण सहितका कार्यक्रम हुने भएका छन । बिद्यालयका पूर्व प्रधानाध्यापक,पूर्व शिक्षक,बिद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष तथा पदाधिकारीहरु,चन्दादाता र जग्गादातालाई बिद्यालयले सम्मान गर्न लागेको बताइएकोछ । बार्षिक उत्सव मनाउन विव्यस अध्यक्ष युगराज गुरुङको संयोजकत्वमा ३ सय १ सदस्यीय मूल समारोह समिति र ११ सदस्यीय कार्य व्यवस्थापन समिति बनेको बिद्यालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
हाल विद्यालयमा ५४ जना शिक्षक ,कर्मचारी कार्यरत रहेका छन भने २०५९ जना विद्यार्थीहरु अध्ययनरत छन । विस २००६ सालमा ताप्लेजुङमा स्थापना भएको पहिलो विद्यालयका रुपमा परिचित भानु माविमा शिक्षा ,ब्यवस्थापन ,कम्प्युटर सिभिल ईञ्जिनियरिङ , विज्ञान , संगित , आइटी खेलकुद , पर्यटक पद पर्दशक तालिमका क्षेत्रमा दक्ष जन शक्ति उत्पादन गदै आएको जनाएकोछ । विद्यालयलाई सरकारले आ.व २०७५।०७६ मा नमुना विद्यालय घोषणा गरेता पनि पर्याप्त बजेट नहुदा छात्रावास,आधुनिक विज्ञान प्रयोगशाला,सुविधा युक्त लाइब्रेरी ,क्यान्टीन ,म्युजियम , खानेपानी तथा शौचालय , स्वास्थ्य भवन, शिक्षक भवनका लागि विभिन्न दातृ संघ संस्था र ब्यक्तिसग सहयोगको अपेक्षा गरेको विद्यालयले जनाएकोछ ।
विद्यालयको अधिकाँश गतिविधीहरु डिजिटलाईजेशन हुदै गएको प्रधानाध्यापक किसोरकुमार राईले बताउनुभयो । प्रधानाध्यापक राईका अनुसार बार्षिक उत्सवमा २० लाख खर्च हुने अनुमान गरिएकोछ ।



















