ताप्लेजुङको  नाल्बुमा आगलागी हुँदा एक घर जलेर नष्ट

मदन गौतम
माघ ११, २०८०

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका ६ नाल्बुमा एक घर जलेर पूर्णरुप नष्ट भएकोछ । मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्बुका कर्णप्रसाद तुम्बाहाङफेका् तीन तले घर आज दिउसो १:३५ बजे आगलागी हुँदा जलेर नष्ट भएको हो ।
तुम्बाहाङफेको बाहिरबाट सिमेन्ट, बालुवाले ढलाई गरेको तीन तले घर जलेर पूर्ण रुपमा नष्ट भएको मेरिङदेन गाउँपालिका वडाध्यक्ष मनोज कुमार तुम्बाहाम्फेले बताउँनुभयो । आगलागीमा के कति क्षति भयो भन्ने कुराको विस्तृत विवरण आउन बाँकी रहेको मेरिङदेन गाउँपालिका वडा नं। ६ का वडाध्यक्ष तुम्बाहाम्फेले बताउँनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*