सहकारीलाई जग्गादान गर्ने सम्मानित

वेलकम खबर
माघ ४, २०८०

ताप्लेजुङ । शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान, आयव्यय विवरण सार्बजनिक, शुभकामना आदानप्रदान लगायतका गतिविधी सहित कार्यक्रम सम्पन्न भएको हो ।
सहकारीलाई जग्गा प्रदान गर्ने भिम प्रसाद पौडेल लाई संस्थाका अध्यक्ष नेत्र प्रसाद बरालले दोसल्ला ओढाएर नगद सहित सम्मान गरेको सचिव शिव प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यस्तै उत्कृष्ठ रिणी डिल्ली विक्रम सुनुवार, उत्कृष्ट बाल सदस्य विपन तामाङ, नियमित बचत कर्ता तर्फ कल्पना पौडेल लगायतलाई पुरस्कृत तथा सम्मानीत गरिएको छ। कार्यक्रममा अध्यक्ष बरालले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभयो भने जेष्ठ सदस्य लेखनाथ गौतम लगायतले सहकारीलाई आवश्यक सुझाव दिनु भएको थियो । पुनसंरचना हुनु अघि तत्कालिन दोखु गाविसका सबै घरधुरीलाई समेट्नेगरी स्थापना भएको सहकारीले उद्यमी उत्पादन लगायतको क्षेत्रमा काम गर्दै आएको छ। सहकारीको नियम, विधी विधान अनुसार लगानी गर्ने, उठाउने काम गर्दै आएको उपाध्यक्ष सरु पौडेलले जानकारी दिनुभयो । सहकारीमा आवद्ध नागरिकहरुले हालको गतिविधि वाट सन्तुष्ट रहेको प्रतिकृया दिएको अध्यक्ष वरालले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*