एक महिनामै ५० हजारले गरे पाथीभरा दर्शन,पुषमा ३५ लाख बढी भेटीपाती संकलन

कोषमा जम्मा भयो ८ करोड ७० लाख
वेलकम खबर
पुस २९, २०८०

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा एकै महिनामा ५० हजार भत्तजनले दर्शन गरेको छन । पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले आज ६ महिनाको दर्शनार्थीहरुको विवरण सार्वजनिक गर्दा गत कार्तिकमा मात्रै ४९ हजार १६३ जनाले दर्शनार्थीले दर्शन गरेको विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको छ महिनाको विवरणमा साउनमा एक हजार १२२, भदौमा ५ हजार,असोजमा दश हजार ३४३,कार्तिकमा ४९ हजार १६३मंसिरमा २०हजार ४१६ र पुषमा ५ हजार ६५५ गरी गरी ६ महिनाको अवधिमा ९१ हजार ७०० जनाले दर्शन गरेको आज पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङद्धारा जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पाथीभरामा पुष महिनामा मात्रै ३५ लाख २९ हजार भेटीपाटी संकलन भएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिका कोषमा हाल ८ करोड ७० लाख ५२ हजार ५४८ जम्मा भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*