ताप्लेजुङका बिरामीलाई निशुल्क उपचार गर्छु डा.सुनिल शर्मा

वेलकम खबर
पुस २८, २०८०

ताप्लेजुङ – काँग्रेस नेता एवम प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्माले ताप्लेजुङका नागरिकको निशुल्क उपचार गर्ने बताउनुभएको छ ।

आगामी वैशाख अघि नै ताप्लेजुङमा निशुल्क शिविरको आयोजना गरेर निशुल्क स्वास्थ्य सेवा दिने बताउनुभयो । यस्तै अस्पतालमा भर्ना हुनुपर्ने अवस्थाका विरामीलाई भने काठमाण्डौ मेडिकल कलेजमा निशुल्क रुपमा उपचार गर्ने शर्माले भनाई छ । नेपाली काँग्रेस ताप्लेजुङले आज सदरमुकाम फुङलिङमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा.शर्माले सिविर पछि अस्पताल भर्ना हुनुपर्ने विरामीलाई अस्पताल छिर्दादेखि निस्किँदा सम्म औषधी र स्वास्थ्य सामाग्री बाहेकको उपचार सेवा अस्पतालले नै प्रदान गर्ने र उक्त सेवाका लागि अहिलेदेखि नै प्राविधिक तयारी थाल्ने बताउनुभयो । ‘ताप्लेजुङभरका नागरिकहरु, ज–जसको अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने छ, हामी एउटा मिति तोक्छौ, त्यसमा काठमाण्डौ मेडिकल कलेजमा लगेर निशुल्क रुपमा उपचार गरेर पठाईदिन्छौँ’–डा.शर्माले भन्नुभयो । सिटि स्क्यान, एमआरआई लगायतका स्वास्थ्य जाँच निशुल्क गरेर उपचार सेवा प्रदान गर्ने उहाँको भनाई छ ।

यस्तै विराटनगर स्थित नाबेल मेडिकल कलेज विराटनगरमा समेत ताप्लेजुङका विरामीलाई ५० प्रतिशत छुट गराउने बताउनुभयो । उपचार सेवामा छुटका लागि काँग्रेस ताप्लेजुङ सँग प्राविधिक सिस्टममा जोड्ने उहाँको भनाई छ । यसैबीच डा. शर्माले समसामयिक राजनीतिक विषयमा समेत आफ्नो धारणा राख्नुभयो । पार्टी भित्र देखिएका आन्तरिक समस्यालाई समयमै समाधान गरेर अघि बढ्नुपर्ने आवस्यकता रहेको बताउनुभएको छ । कार्यक्रममा पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर लगायतका सभापति एवम नेताहरु सहभागी हुनुभएको थियो । कार्यक्रममा बोल्दै ताप्लेजुङ सभापति गजेन्द्र प्रसाद तुम्याहाङले पार्टी भित्र देखिएको आन्तरिक द्धन्द्ध समाधानमा सबै पक्षले मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । जिल्ला जिल्लामा देखिएका आन्तरिक समस्यामा माथिल्लो तहको समेत ध्यानाकर्षण हुनुपर्नेमा उहाँको जोड थियो ।  -radiotamor

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*