सांसद शर्माले पाथीभरामा दश लाख दिएको पुष्टि,केही खर्च केही पाथीभरा क्षेत्र विकास समितिको खातामा रहेको दाबी

मदन गौतम
पुस २८, २०८०

ताप्लेजुङ । प्रतिनिधिसभा सदस्य डाक्टर सुनिल शर्माले प्रसिद्ध तीर्थस्थल पाथीभरामा पानीका लागि १० लाख रुपैँया बैक खाता जम्मा गरेको पुष्टि भएको छ ।
पाथीभारा क्षेत्र विकास समितिका तत्कालिन कार्यकारी निर्देशक उदय भट्टराईका अनुसार सांसद शर्माले आर्थिक बर्ष २०७१÷७२मा क्षेत्र विकास समितिको नेपाल बैङ्क लिमिटेडमा रहेको खातामा सांसद शर्माले उक्त रकम जम्मा गर्नु भएको थियो ।
भट्टराईका अनुसार सांसद शर्माले दिएको रकमवाट २०७२ असारमा तत्कालिन क्षेत्र विकास समितिका अध्यक्ष सजन पौडेलको अध्यक्षतामा बसेको समितिको बैठकले निर्णय गरि उक्त रकम मध्येवाट रु १ लाख ४७ हजार ५ सयको ५ सय थान ट्रेकिङ वाटर बोटल खरिद गरि भक्तजनलाई तातोपानी मन्दिर सम्म लैजाने र फर्कदा बोतल होटलमै फिर्ता गर्ने गरि पाथीभरा क्षेत्र होटल ब्यवसायी संघ र अस्थायी प्रहरी चौकी फेदिको रोहबरमा उपलब्ध गराइएको थियो ।
आफ्नो कार्यकाल २०७६को असार मसान्तसम्म उक्त रकम मध्येवाट बाँकी रहेको ८ लाख ५३ हजार ५ सय रुपैया समितिको नाममा रहेको खातामा नै रहेको र खर्च नभएको भट्टराईले दाबी गर्नुभयो । उक्त रकम पाथीभरामा खानेपानी पु¥याउने प्रयोजनका लागि नै प्रयोग गर्ने भनि खातामा राखिएको उहाँको दाबी छ ।
समितिका वर्तमान कार्यकारी निर्देशक प्रजिन हाङ्वाङले उक्त रकम अल्याहा हुदै क्षेत्र विकास समितिको हाल रहेको करिव ८ करोड ३५ लाख बराबरमा बैङ्क मौज्दातमा रहेको हुन सक्ने बताउदै हाल समितिका लेखापाल जिल्लामा नरहेकाले उहँ आउने वितिक्कै थप प्रष्ट हुने वताउनुभयो ।
प्रतिनिधि सभा सांसद डा शर्माले आफुले पाथीभरामा खानेपानी पु¥याउने प्रयोजनका लागि १० लाख रुपैया दिएको भन्दै कांग्रेस ताप्लेजुङले शुक्रबार सदरमुकाम फुङ्लिङमा आयोजना गरेको एक कार्यक्रमाम उक्त रकम कहाँ खर्च भयो भनि प्रश्न गर्नु भएको थियो । सो विषयमा तत्कालिन कार्यकारी निर्देशक ्भट्टराईले सामाजिक सञ्जालमा स्पष्टिकराण समेत दिनु भएकोछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*