ताप्लेजुङमा पनि गठन भयो याक चौँरी कृषक महासंघ

वेलकम खबर
पुस २६, २०८०

ताप्लेजुङ । याक चौँरी कृषक महासंघ नेपाल जिल्ला कार्य समिति ताप्लेजुङ गठन भएको छ । आज ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा भएको प्रथम जिल्ला अधिवेशनले नुपू शेर्पाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको हो ।
सो समितिको उपाध्यक्षमा ताम्डीङ शेर्पा, सचिवमा भिम भण्डारी, सहसचिवमा ओम प्रकाश गौतम, र कोषाध्यक्षमा दावा फूटी शेर्पा चयन हुन भएको छ । सदस्यहरूमा फुर्वा नाम्गेल शेर्पा, किपा शेर्पा, फुपु शेर्पा र मन कुमार गौतम चयन भएको महासङ्घका केन्द्रीय महासचिव पाविहाङ राईले जानकारी दिनु भएको छ ।

कोशी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री मा तिलकुमार मेन्याङ्बोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त प्रथम अधिवेशनमा वशिष्ठ अतिथिको रुमा मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्त बहादुर कार्की, उपाध्यक्ष डण्डु लामा सँगै याक चौरी व्यावसायी साथै विभिन्न संघ संस्थाका प्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*