पाथीभरामा भक्तजनले चढाएको सुन र चाँदी भण्डारण गरियो
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिरमा भक्तजनले चढाएको ९१ तोला ८९ लाख सुन भण्डारण गरिएको छ । भण्डारण गरिएको सुनको परिमाण २०७९ साल भदौ ७ गतेदेखि २०८० साल मंसिर १६ गतेसम्मको भएको कार्यकारी निर्देशक प्रजिन हाङवाङद्धारा हस्ताक्षरित सुन तथा चाँदीको परिणाम जानकारी सम्बन्धमा लेखिएको पत्रमा उल्लेख गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिको बैठकले निर्णय गरेर नेपाल सुनचाँदी व्यवसायी सँघसँग समन्वय गरेर पुस २० गतेदेखि २४ गतेसम्म रिफाइन गरेको हो । ८६ तोला ९३ लाल सुन यसअघिको रिफाइन गरि भण्डार गरिएको थियो । त्यस्तै ६१ किलो ८ सय ग्राम चाँदी रिफाईन गरि भण्डारण गरेको छ । चाँदी २०७६ सालदेखि २०८० मंसिर १६ गतेसम्मको हो ।
भण्डार गरेको सुन र चाँदी आवश्यक प्रक्रिया पुरा गरेर विक्री गर्ने कार्यकारी निर्देशक प्रजिन हाङवाङले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख गरिएकोछ । उत्त आम्दानीलाई पाथीभरा क्षेत्रमा भक्तजनलाई सुविधा पुग्ने भैतिक संरचना निर्माणमा खर्च गरिने भएको छ ।




















